नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार २३४ पीसीआर परीक्षणका क्रममा २९ जना र २ हजार ८९२ एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ११६ संक्रमित कोरोनामुक्त भएका छन् ।हाल नेपालमा १ हजार २८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।





