रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि ४ कात्तिको लागि १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।साधारणसभा र लाभांश प्रयोजनाको लागि २७ असोजमा कम्पनीको सेयरधनी पुस्तिका तथा सेयर दाखिला बन्द बुक क्लोज हुने कम्पनीले जनाएको छ ।
यसअनुसार २६ असोजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् ।





