सरकोको डाटा सेन्टरमा आगलागी भएको छ ।हेटौंडा–४ को हुप्रचौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको हो ।सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको बताइएका छ ।
आइतबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।उनले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी खटाइएको समेत बताए । आगलागी नियन्त्रणको लागि दुई वटा दमकलले पानी हाल्ने काम गरिरहेको छ ।





