निस्दी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

निस्दी गाउँपालिकाले आव २०७९÷८० को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम वुधवार मित्यालमा सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गाउँपालिकाले बाटो , खानेपानीको पहँुच ,पर्यटन र विद्युतको बिस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले रोजगारीको सिर्जना हुने कामका लागि गाउँपालिका निती बनाएरै लागेको जानकारी दिनु भयो । सेवाग्राहीहरुको सुझाव सल्लाह सधै सकारात्मक हुने बताउँदै गाउँपालिकाको निती तथा कार्यक्रम अनुसार योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । गत बर्ष संचालन भएका सबै योजनाहरु सम्पन्न भएको बताईएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सामुदायिक विद्युतिकरण बिस्तारमा ढिलाइ, योजनाको प्राविधिक मूल्यांकनमा देखिएका समस्या, स्वास्थ्य, पर्यटन र संचारको समस्या लगाएतका बिषयमा अधिकांस सेवाग्राहीले प्रश्न, जिज्ञासा, सल्लाह र सुझाव राखेका थिए ।
गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुबाट विभिन्न सूचकहरुमा सेवा प्रवाहको प्रभावकारिता बारेमा सहजकर्ताहरुले स्थलगत रूपमा गरेको बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सर्बेक्षणबाट भेटिएका नागरिकका असन्तुष्टिहरुलाई पहिचान गरि त्यसको समाधान खोजिने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाले उर्जाको पहुँचलाई जनता सम्म पु¥याउन पहल गरेको बताउँदै खानेपानीको समस्यालाई तत्काल समाधान गर्न लागि परेको बताउनुभयो । सुचनाको अभावलाई मेटाउने कायर्को थालनी भएको अध्यक्ष सारुको भनाइ छ । निस्दीलाई बाल मैत्री गाउँपालिका बनाउने अभियान समेत सुरु भएको बताइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले सामान्य नागरिकको भुमिकाबाट न्यायलयको काम गरिएको बताउदै बन्द इजलासको राम्रो ब्यवस्थापन गर्ने काममा लागि परेको बताउनु भएको छ ।
कार्यक्रममा प्रशासकीय अधिकृत तथा सुचना अधिकारी अर्जुन खनालले जनस्तरमा देखिएका गुनासा र समस्याहरुलाई न्यूनीकरण गर्न योजनाका कार्यान्वयन गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको थियो ।
सार्वजनिक सुनुवाईमा नेकपा एमाले निस्दी गाउँपालिकाका अध्यक्ष नर बहादुर सुनारीले बिकासका गतिविधि गर्न गाउँपालिका लागेको र यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । सम्पन्न गरेका कामलाई देखाउने र गर्न सकिने कामलाई योजनाबद्ध रुपमा लैजानु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस निस्दीका सभापती पूर्ण बहादुर खाँणले सबै पक्षको सल्लाहमा हुने काम प्रभावकारी हुने भएकाले सोही अनुसार गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नु भयो, ‘ सुन्दर र बिकसित निस्दी बनाउनमा सबैको दायित्व उत्तिकै हुनेछ ।’
निस्दीे बहुउद्देश्यीय सभाहलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण दयाराज न्यौपानेले गर्नुभएको थियो ।
दयाराज न्यौपाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?