सरकारले आज सोमबारदेखि लागू हुनेगरी देशभर ‘रुट परमिट’खुला गरेको छ ।दसैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी दसैंको पूर्णिमा अर्थात् असोज २३ गतेसम्मका लागि रुट परमिट खुला गरिएको बताइएको छ ।
यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् ।





