प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल ‘सहारा’को शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ । सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् ।
‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । यो सिरियलले एउटी विधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएकको निर्देशक दाहालले बताए । सिरियलको मुहूर्त कार्यक्रममा ‘लण्डन टु पेरिस’ निर्देशक घनश्याम लामिछानेलगायतका चलचित्रकर्मीको पनि उपस्थिति रहेको थियो ।‘सहारा’मा निर्मात्री प्रज्ञा जोशीका अलवा आरजे सिंह, सरोज दाहाल, पुर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार श्रीयंका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ ।





