बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको हो ।रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै मृत्यु भएकोे बताइएको छ ।





