उनले राजनीतिमा चासो पनि देखाउँथे । चिया पसल, चोक, कुनै समारोहमा राजनीतिक बिषयमा हुने संवादमा खुलेरै नेपाली काङग्रेसको वकालत समेत गर्दथे । अहिले उमेरले ३० लागेका उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा भोट खसाल्न पाउँथे तर निस्क्रिय रहे । उनले मतदाता परिचय पत्रनै बनाएनन् । प्रेस युनियन पाल्पाका कार्यसमिती सदस्य रहेका सोमप्रसाद गैरे उर्फ सुमन गैरे अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका छन । गत भदौ २७ गते गठित राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सचिव पदमा रहेका गैरे भोट खसाल्ने पहिलो अनुभवमै सांसदको टिकट पाएका हुन ।
स्थानिय सुर्योदय टेलिभिजन, रेडियो मुक्तिनाथ र निउज २४ मा काम गरेको अनुभव उनिसंग छ । सुमन गैरेको परिचय कलाकारिता संग जोडिएको छ । उनि लोकदोहोरी गाएक हुन । संगित प्रशिक्षण केन्द्र समेत चलाएका गैरेले मेला महोत्सव तथा सांगितिक कार्यक्रममा आँफुलाई ब्यस्त राख्दथे । स्टेजमा दर्शक संग तालि माग्ने गैरे अहिले गाउँ गाउँमा पुगेर जनता संग भोट मागिरेका छन, जनतासंग तालि बजाउने काम गर्छु भन्ने प्रण गरिरहेका छन ।

आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको लागि उमेदवार बनेपछी गैरेको परिचय कलाकार र पत्रकारबाट फेरिएर नेता बनेको छ । २०४९ साल चैत्र ९ मा पाल्पाको बगनासकाली ७ खानिगाउँमा जन्मिएका गैरे, प्रतिनिधिसभा तर्फ पाल्पा क्षेत्र नंं. २ मा प्रतक्षतर्फको उम्मेदवार हुन । ‘कलाकारिता बाट पनि सामाजिक सन्देश प्रवाह गर्दथेँ तर त्यतिले नपुग्ने रहेछ’ गैरेले भने, ‘आँफुनै जनप्रतिनिधी बनेर काम गर्ने शाहस आयो, पार्टीले पनि मलाई योग्य ठान्यो अनि उम्मेदवारी दिएको हुँ ।’
‘मेरो राजनीतिक पृष्ठभूमी खासै छैन्, नेपाली काँग्रेस निकट प्रेस युनियनमा आवद्ध थिए,’ गैरे भन्छन, ‘पछिल्लो समयको विकृत राजनीतिक सोच र व्यवहारले उम्मेदवार बनायो ।’ लोक दोहोरी प्रतिष्ठान, अन्तराष्ट्रिय साहित्य समाज, लायन्स क्लव, दाह्ी ग्याङ जस्ता सामाजिक संघसंस्थामा जोडिएका गैरले चुनाव जित्नका लागि राजनीतिक संगठन चाहिने कुरा इन्कार गर्छन । उनि भन्छन ‘हाम्रो संगठन तुलानात्मक हिसावले कमजोर छ, भातृ संगठन छैनन, तर हामिसंग अधिक जनताको साथ छ, मायाँ छ । राजनीतिमा आउनु मेरो वाध्यता हो । मेरो आफ्नो कर्म छ । मलाई पहिला पनि कसैको झण्डा बोक्न मन लागेन । तर कुनै नेताले पनि केही नगरेको देख्दा र जनताले कुनै पनि कुरामा राहत नपाएको देखिरहँदा निस्क्रिय हुन मन लागेन । २५ वर्ष देखि पाल्पामा एउटै मान्छे सांसद छन एउटा गर्भिलो काम हुन सकेन । यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ?’ यसैले मैले उम्मेदवारी दिने आँट गरेको हुँ । जनताले परिवर्तन खोजेका छन त्यसमा म विश्वस्त छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गैरे जस्तै देशैभरबाट युवाहरुलाई उम्मेदवार बनाएको छ । ‘आफ्नो क्षेत्र र देशको विकासको लागि युवाहरु राजनीतिमा आउन जरुरी रहेको गैरेको भनाई छ । गैरे मनोनयन दर्ता पछि चुनाव प्रसार प्रसारमा खटिएका छन । १ महिना अघि गठित राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरु जोडिने क्रम जारि छ । विगतमा नेपाली काङग्रेस प्रति झुकाव हुनु, र संघिय निर्वाचनमा काङग्रेसको उम्मेदवार नहुनुले नेपाली काङग्रेस निकट नेता कार्यकर्ताको ठुलो सहयोग पाउने गैरेको विश्वास छ ।
यहाँ पटक पटक निर्वाचनमा होमिएका पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेय र नेकपा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरेपनि संगै चुनावी मैदानमा छन । राजनीतिक दलहरुबाट ११ जना र स्वतन्त्रबाट ३ जना गरी १४ जना बिचको प्रतिशपर्धा रोचक छ ।





