नेकपा एसको केन्द्रीय सदस्य रिता रावल एमालेमै फर्किइन्

नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्किएकी छन् ।सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीलगायतले रावललाई पार्टीमा स्वागत गरेका हुन् ।संविधानसभा सदस्यसमेत रहेकी रावलले विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्नसक्ने र नेकपा एसको भविष्य नभएकोले आफू एमालेमै फर्किएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?