अघिअघि पर्शुरामको स्कोर्पियो, पछिपछि लालबाबुको ‘साइकल’

पर्शुराम बस्नेत नआउँदासम्म कञ्चनबारीमा लालबाबु पण्डितको कार्यक्रम ठिकठाक चलिरहेको थियो । नेकपा एमालेको स्थानीय कमिटीले दशैं–तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । मधेशी र पहाडी समुदायका कार्यकर्ता सराबरीजसो आएका थिए । मोरङ क्षेत्र नम्बर–६ मा पर्ने विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा निवर्तमान प्रतिनिधिसभा सांसद लालबाबुले आफ्नो बितेको कार्यकाल सम्झना गरे ।

मन्त्री छँदा गरेका सुशासन, राष्ट्रियता संरक्षणलगायत काम अब्बल भएको स्वमूल्यांकन गरे । सांसदकै रूपमा आफूले सिंगिया खोला र केशलिया खोलाको तटबन्धदेखि विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा उन्नति गर्नेलगायत काम अघि बढाइरहेको भन्दै त्यसलाई पूर्णता दिन फेरि आफू आउनुपर्ने बोले । आफू वंशले दिएको, अंश पाएको नेता नभएको भन्दै आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई कटाक्ष गरे ।

केही राजनीतिक कुरा समेत गर्दै यी स्थायी कमिटी सदस्यले समग्रमा कार्यक्रमलाई एमालेकै शैलीको रूप दिए । समग्रमा लालबाबु कार्यक्रममा जमे । धीमा शब्द, तिखो आवाज । यही परिचित शैलीमा आफूलाई व्यक्त गरे । ताली पाए, फेरि ताली पाए । तालीहरूकै गुन्जनमा उनले भाषण सके ।

उनले सामान्य जीवनशैली र प्रगतिशील आचरणका कुरा पनि गर्न छुटाएनन् । साइकल चढेर राजनीतिमा चर्चित लालबाबुको तार्किकतासँगै सादगी जीवनशैलीको पनि उल्लेख्य चर्चा हुने गर्छ । आज बुधबारको कार्यक्रममा आउँदा भने जीप चढेर उनी आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?