सहकारीका कर्मचारीमाथि गोली प्रहार गर्ने ४ पक्राउ

बुधबार सर्लाहीको बागमती नगरपालिकास्थित एक सहकारीका कर्मचारीमाथि गोली प्रहार गर्ने चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा विहार राज्य ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।

लुटपाटका लागि आएका उनीहरुले सगुन सहकारीका कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गरेका थिए ।उनीहरुलाई प्रहरीले बुधबार राती नै पक्राउ गरेको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका साजनको अवस्था गम्भीर रहेको । उनलाई थप उपचारका लागि बुधबार राती नै काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?