झारफुक गर्ने बहाना बनाएर धनुषामा मुखियाले एक जना महिलालाई बलात्कार गरेका छन् ।३५ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने क्रममा सोमबार महिलाकै घरमा बलात्कार गरेका हुन् ।घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।





