दोलखाको विगु गाउँपालि–१ लामाबगरमा निर्मित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतको बाँधस्थल । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको विद्युत् उत्पादन बन्द गरिने भएको छ ।
कात्तिक ८ गते देदेखि १५ गतेसम्म विद्युत् उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाको उत्पादन युनिटहररूको नियमित निरीक्षणका लागि उत्पादन बन्द गर्न लागिएको आयोजनाले जानकारी दिएको छ ।उक्त अवधिमा आयोजनाको हेडवर्क्स तथा मुख्य सुरुङको प्राविधिक निरीक्षण गरिने छ ।
यसअवधिमा जलाशयको पानी घटाउनुपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टासम्म नदीको बहाव बढ्न जाने भएकाले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह समेत गरेको छ ।





