देउवाकै जिल्लाको कांग्रेस वडा समितिले गर्‍यो निर्वाचन बहिस्कार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेसको एक वडा समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

डडेलधुराको भागेश्वर गाउँपालिका ५ को कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।वडा समितिले समग्र वडाको विकासका लागि राखेका मागहरु विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको भन्दै निर्वाचन बहिस्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?