बगनासकालीमा आधारभूत स्काउट तालिम सम्पन्न

बगनासकाली स्थानीय आधारभूत स्काउट ५०६ औं बिटिसि र ३६८ औ पिटिसि तालिम बगनासकाली–३ नायरनमतलेसमा सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका ४२ जना शिक्षकहरूका लागि आश्विन २५ देखि ३० गतेसम्म तालिम सञ्चालन गरिएको थियो । सो अवसरमा सहभागी शिक्षकहरुलाई दिक्षित समेत गरिएको थियो ।

तालिम समापन समारोहका प्रमुख अतिथि स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले उमेर समुहका बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने उदेश्यले बि।टि।सि÷पि।टि।सि तालिममा बिशेष जोड दिएको बताउनुभयो । लुम्बिनी प्रदेश मै बगनासकाली गाउँपालिकाले गरेको पहल अनुकरणीय रहेको प्रदेश संयोजक भट्टराईले बताउनु भयो ।

समारोहमा बगनासकाली गाउँपालिकाका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक सरस्वती चिदी दर्लामीले अब हरेक बिद्यालयमा स्काउटलाई विस्तारमा लागिपर्न आग्रह गर्नुभयो । उहाँले नेपाल स्काउटलाई प्राथमिकतामा राखेरअघि बढ्ने समेत प्रतिवद्द्ता गर्नु भएको थियो भने सफलता पुर्वक सहभागी भएकोमा प्रशिक्षार्थीलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । पालिका उपाध्यक्ष तथा स्थानीय स्काउट प्रमुख हरि प्रसाद पाठकले स्काउटको मर्म अनुसारको काम हुने बताउदै हरेक बिद्यालयमा स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन पालिका सकारात्मक रहेको बताउनु भएको छ ।

बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले स्काउटको मर्म अनुसार कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै योजनाका साथ काम गर्ने आफू उत्साहित रहेकोमा जोड दिनुभयो । दिक्षान्त समारोहमा बगनासकाली–६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, स्काउट प्रदेश सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज जीवन आचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, सहभागी अम्बिका भट्टराई, ओमप्रकाश न्यौपाने, पुरुष कोर्षका कोर्ष लिडर दामोदर बस्नेत लगायतले कार्यक्रम प्रभावकारी रुपमा सुरु भएको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?