रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रा स्वपाले चुनावी घोषणा पत्र ननिकाल्ने भएको छ ।रास्वपाका सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणा पत्रको सट्टा ‘वाचा पत्र’ निकाल्ने तयारी रहेको जानकारी दिएका छन् ।
‘गर्नै नसकिने झुठो आश्वासनको “घोषणा पत्र” होइन, गर्नै पर्ने र निश्चित समयमा गरी छाड्ने “वाचा पत्र” को अन्तिम तयारीका लागि पार्टी मुख्यालय घण्टी घर काठमाडौं आएको छु । देउसी खेल्न चितवन नै आउदैछु । ’ लामिछानेले भनेका छन् ।लामिछाने ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।





