यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसम

दिउँसो प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भ भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।रातीस् प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?