एमाले पाल्पाका उम्मेदवार जनताको घर आगँनमै ब्यस्त

समृद्ध नेपाल सुखी नेपाली अभियान पुरा गर्न नेकपा एमाले पाल्पाका उम्मेदवारहरु घरदैलो अभियान जुटेका छन । पाल्पा क्षेत्र नंं १ प्रतिनिधीसभा सदस्य उम्मेदवारहरु नारायाण आचार्य र प्रदेश  सभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठ निस्दी गाउँपालिका वडा नंं ४ मित्याल पुगेका छन । मित्यालवासीको घरदैलोमा पुगेका उम्मेदवार संग अरुणखोला मित्याल सडकको स्तर उन्नती गर्नुपर्ने, मित्याल ज्यामिरे सडक स्तरउन्नती गर्नुपर्ने, वडामा एक घर एक धाराको सुविधा हुनुपर्ने, कृषि, पशु पालन पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गर्नुपर्ने, काम भईरहेको सामुदायिक विधुतीकरण चाडो सम्पन्न गर्नुपर्ने माग गरेका छन ।

अरुण खोला मित्याल रामपुर जोड्ने मोटर बाटो लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पहलमा स्तरउन्नती शुरु भएको र एमालेको पहलमा चाडो सम्पन्न हुने, मित्यालमा देखिएको खानेपानी समस्या लाई पहिलो प्राथमिकतामा दिई काम गर्ने, गुणस्तरी शिक्षाको लागी एक विधालय एक नयाँ भवन निर्माण अभियान संचालन गर्ने, मित्याल क्षेत्रका साविकका वडाहरुमा एक वडा एक सामुदायिक भवन निर्माण गर्ने, एक वडा एक खेल मैदान निर्माणमा प्राथमिकता दिने एमाले उम्मेदवार आचार्य र श्रेष्ठले मतदाता समक्ष प्रतिवद्धता जनाएका छन । उम्मेदवार द्धय आचार्य र श्रेष्ठले सूर्य मतदान गरी समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सहभागी हुन मतदाता संग अनुरोध गरेका छन ।
पाल्पा क्षेत्र नंं १ (२) प्रदेश सभा सदस्य खेम बहादुर सारुले रम्भा गाउँपालिकाको वडा नंं ५ ताहुँका मतदताका घरदैलोमा पुगेका छन । उम्मेदवार सारुले ताहु बजार, देउराली, फुरुङदी, सेर्कावास, ओम भञ्ज्याङ लगायतका क्षेत्रमा घरदैलो गरेका छन । ताहुँबासीले एमाले उम्मेदवार सारु संग आर्यभञ्ज्याङ्ग  ताहुँ रामपुर सडकको चाडो स्तरउन्नती गर्नुपर्ने, टोल टोलमा सामुदायिक भवन निर्माण गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने, युवाहरु लाई गाउँ गाउँमा स्वरोजगारको लागी पहल गर्न माग गरेको छन ।

जनताले गरेका माग तथा अनुरोध लाई एमाले उम्मेदवार सारुले रामपुर आर्यभञ्ज्याङ सडक क्षेत्र लाई लुम्विनी प्रदेशका एमालेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशकै गौरवको आयोजना रुपमा अगाडी बढाएको र सोही योजना अनुसार बहुबर्षिय योजना अन्तरगत काम शुरु भएकोले चाडो काम गर्न पहल गर्ने, ताहुँका भित्री सडकहरु स्तरउन्नती गर्ने प्रतिवद्धता जनाएका छन ।

पाल्पा क्षेत्र नंं २ प्रतिनिधी सभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा उम्मेदवार ओम बहादुर घर्तीमगर रैनादेवी छहरा गाउँपालिकाको वडा नंं ७ बल्ढेङगढीका विभिन्न टोल टोलका मतदाताहरुको घरदैलोमा पुगेका छन । जनताले उठाएको सालभण्डी छहरा सडक स्तरउन्नतीको काम शुरु भएको र आउदो ५ बर्ष भित्र सडक पिच गरिसक्ने  उम्मेदवार गैरेले प्रतिवद्धता जनाएका छन । बल्ढेङगढी क्षेत्रमा आजसम्म विधुतीकरण नभएकोले विधुतीकरणमा पहिलो प्राथमिकता दिएर काम गर्ने उम्मेदवार गैरेले मतदाता संग बताएका छन । प्रदेश सभा उम्मेदवार ओम बहादुर घर्तीले तिनाउँ गाउँपालिका अध्यक्ष रहदा बाटो, घाटो, शिक्षा, पुल, पर्यटन क्षेत्रमा राम्रो काम गरेकोले यस क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने मतदाता ंसंग प्रतिवद्धता जनाएका छन । पाल्पा क्षेत्र नंं २ का २ एमाले उम्मेदवार परशुराम भट्टराईले तानसेन नगरपालिकाका विभिन्न वडामा घरदैलोमा पुगेका छन । तानसेनको पर्यटन विकास, खानेपानी, तानसेनका भित्री सडकहरु स्तरउन्नती गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?