एमाले जनताको सेवक हो – उम्मेदवार ठाकुर गैरे

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले एमाले जनताको सेवक भएको बताएका छन । उम्मेदवार गैरेले विकासमा पछाडी पारिएका स्थानको पहिचान गरेको र त्यस्तो ठाउँलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्दता समेत गरेका छन । यस अघि निर्वाचित ब्याक्तिबाट जनताले समान विकासको आसा गरेको तर त्यसो नभएकोले यसपटक जनता सचेत भएको समेत धारणा गैरेको भनाई छ । रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङ्गढीका मतदाता बिच आफ्ना भनाई राख्दै गैरेले स्थानियको लाल पुर्जाको समस्या समाधान गर्न पहल गर्ने प्रतिवदद्वता जनाए । साथै उनले तराइ र पहाडको सिधा सम्पर्क गराई स्थानिय उत्पादनको बजारिकरणमा लाभ हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

अभियानमा पाल्पा निर्वाचन क्षेत्र नं. २ –२ का उम्मेद्वार ओम बहादुर घर्ती मगरले आँफु पश्चिम् पाल्पाको धेरै काममा संलग्न रहेको बताउँदै सुन्दरेढुङ्गा, सालझन्डी मोटरबाटो स्तरोन्नति सहितका बिकासका काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । पश्चिम पाल्पा कृषि, पशुपालन र बन पैदावारको प्रचुर सम्भावना भएको बताउदै यसको सफल कार्यान्वयनका लागि एमालेको जित आवस्यक रहेको धारणा राखे ।
–दयाराज न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?