पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्य जनता संग मत माग्न सक्रिय देखिएका छन । चुनाव नजिएसंगै उम्मेदवारहरुले भेटघाटलाई तिब्र बनाएका हुन । जनताका प्रतिक्रिया तथा गुनासा सुन्ने र जवाफ दिने तथा आगामी ५ वर्षका योजनाका बिषयमा जनता बिच सुनाएका छन । पाल्पा क्षेत्र नं .१ मा गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहा, प्रदेश सभा क्षेत्र नं. १ (१) का उम्मेदवार श्यामकान्त खनाल, प्रदेश सभा क्षेत्र नं. १ (२) का उम्मेदवार शंकर खनाल, पाल्पा क्षेत्र नं .२ मा सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेय, प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना र प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्ती चुनावी साझा एजेण्डा लिएर मतदातासँग भोट माग्न गाउँ बस्तीमै छन् । उनीहरुले घरदैलोका क्रममा जनताहरुले थप उत्साह थपिदिएको बताएका छन् ।
प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले निर्वाचनको मिति नजिकिदै जाँदा जनताहरु योग्य उम्मेदवार छान्न आतुर भएको बताए । उनले गठबन्धनका उम्मेदवारहरुले साझा एजेन्डा बनाएर गाउँ गाउँ पसेकाले जनताहरु एजेण्डाबाट प्रभावित हुँदै आफ्नो पक्षमा उत्रिएको बताए ।
प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले देशको विकास र समद्धि गठबन्ध दलले नै गर्न सक्ने बताएका छन् । मंगलबार बगनासकालीको चापपानीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन र बराङ्दीमा मतदाताहरुसँगको भेटमा उनले यहाँको विकासलाई आफु हिजो पनि लागेको र भोलि पनि लाग्ने बताए ।
गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले लोकतन्त्रको संरक्षण र मुुलुुकको समृद्धिको लागि गठबन्धन आवश्यक रहेको बताए । नेपाली काँग्रेसका उपसभापति झपेन्द गैरे,नेपाली काँग्रेसका नेता कृष्ण बस्याल, यमलाल तिमिल्सिना, चिन्तामणी बस्याल, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेय,एकीकृत समाजवादी केन्द्रीय सदस्य अशोक कुमार शाही, माओवादी केन्द्रबाट कृष्ण भुसाल,एकीकृत समाजवादीका निम नारायण ढुङगाना लगायतले जित गठबन्धनको पक्षमा रहेको बताए ।
प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) का तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले गठबन्धनले देशमा समृद्धि र विकासको काम गरेको बताए । घरदैलो कार्यक्रममा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र प्रसाद पाण्डे , नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य यादव बहादुर रायमाझी ,राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लागायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबैलाई आग्रह गरे ।




