राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै पाल्पा सभापती बिश्णु भण्डारीले हार मानसिकताको उपज आक्रमण भएको बताएका छन । बुधवार राति अज्ञात ससमुहले लहरेपिपल स्थित पार्टी कार्यालयमा रहेको वोर्ड र ब्यानर च्यात्ने तथा तोडफोड गर्ने कार्य गरको भन्दै स्वतन्त्रको पक्षमा जनताको मत बलियो देखेपछी विपक्षीहरुले उदण्ड गर्न लागेको टिप्पणी गरेका छन । बिहिवार एक बिज्ञप्ती जारी गर्दै सभापती भण्डारीले भनेका छन,‘ निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढेसङै हाम्रा उम्मेदवारहरुको माहोल राम्रो देखि बिथोल्ने नियतका साथ कार्यालयमा रहेको बोर्ड र ब्यानर तोडफोड गरि च्यातिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो क्रियाकलाप जो कोहिले गरेको भएपनी हामी हाम्रो गन्तब्यमा पुग्छौ । यस्ता गतिविधी नहोस भन्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौ ।’
’





