मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायाको रंग हुँदैन’ बोलको गीतमा स्वर धर्मेन्द्र सेवान र रेखा शाहको रहेको छ । उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु जेवी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेल फिचर्ड छन् । नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको चलचित्रको प्रस्तुतकर्ता अनन्त प्रसाद तिमल्सिना हुन् भने रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, अनिता केसी, रमेश अधिकारी, जे एन घिमिरे, गोपाल ढकाल, रामबाबु रेग्मी, दीपक अधिकारी, सम्झना अधिकारीलगायतको पनि अभिनय छ । चलचित्रमा राम कुमार केसीको कथा, अजित लामिछानेको पटकथा तथा संवाद, रवि कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व निर्देशन, कमल अधिकारी र रिमेश कुमारको संगीत छ ।





