एकैदिन एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा एकैदिन एक हजार ४०० रुपैयाँको वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ तोकेको छ । यो मूल्य गत शुक्रबारको भन्दा एक हजार ४०० रुपैयाँले बढी हो ।शुक्रबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यमा पनि ५० रुपैयाँको वृद्धि भएको छ । आज तोलाको १ हजार २७५ रुपैयाँमामा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?