अध्यक्ष ओलीले आज गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् ।
एमालेका अनुसार अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले बिहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्नेछन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ ।अध्यक्ष ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?