शिलिण्डर बिष्फोटबाट क्षती भएको घरपरिवारलाई बगनासकाली गाउँपालिकाको आर्थिक सहयोग

बगनासकाली गाउँपालिका–८ बराङ्दीमा आगोलागी पिडितहरुलाई बगनासकाली गाउँपालिकाले बिहिवार आर्थिक सहयोग प्रदान गरेको छ । ग्याँस सिलिण्डर पड्किएर घरमा क्षती भएका ज्योतिनाथ घिमिरेलाई बगनासकाली गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट २० हजार सहयोग गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताईन । घटनास्थल पुगेर सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, वडा अध्यक्ष मोतिलाल बस्याल सहयोग हस्तान्तरणमा सहभागी थिए ।
सहयोग प्रदान गर्दै गाउँपालिका अध्यक्ष चिदिले विपतका घटनाहरु हुन नदिन सचेतना फैलाउने काममा स्थानीयको पनि सहयोग हुनुपर्ने र जोखिम न्यूनीकरण सम्बन्धि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम मार्फत सचेतना फैलाउने काम गर्ने बताईन । उनले प्रदेश सरकार र अन्य दातृ निकायको सहयोगमा घर पूनः निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाईन ।

बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा चैत १ गते ग्यास सिलिण्डर पड्किएर घरमा क्षती भएको थियो भने ५५ वर्षीया पम्फा घिमिरे घाइते भएकी थिईन । उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य छ ।
दयाराज न्यौपाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?