नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।





