भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स लगातार दोस्रो पटक पराजित भएको छ । शनिबार राति भएको दोस्रो खेलमा मुम्बई चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ७ विकेटले पराजित भएको हो । चेन्नईको भने तेस्रो खेलमा यो दोस्रो जित हो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । यसैगरी, शनिबार दिउँसो भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो । योसँगै चेन्नई आईपीएलको अंक तालिकामा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने दुई खेल खेलेको मुम्बई शून्य अंकसहित आठौँ स्थानमा रहेको छ । तालिकाको पहिलो स्थानमा राजस्थान रोयल्स, दोस्रो स्थानमा लखनउ सुपर जाइन्ट र तेस्रो स्थानमा गुजरात टाइन्स रहेको छ । आईपीएल अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो ३ः४५ मा गुजरात र कोलकाताबीच हुँदैछ भने दोस्रो खेल साँझ ७ः४५ मा हैदराबाद र पञ्जावबीच हुँदैछ ।





