गायिका समिक्षा अधिकारी लेख्छिन्- म चरित्रहीन छोरी होइन

गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छिन् । उनले आफ्नो जिन्दगी चलचित्रको कथा जस्तै भएको बताएकी छन् । उनले आफू गलत नभएको लेखेकी छिन् । ‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ। अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन्। अनि कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बड्न खोज्छु मेरा पाईला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु। ए मेरो पनि भावना छ, तपाईको जस्तै। मेरो पनि मन छ तपाईँको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ। लाग्छ अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो। म गलत छैन । म कुनै चरित्रहीन छोरी होईन मेरो पनी परिवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहि हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ,’ उनले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?