प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले देशैभर सुरु गरेको पत्रकार महासंघका सदस्यहरुको सुद्विकरण अभियानको मुख्य एजेण्डा प्रेस चौतारीको भएको बताउनुभयको छ । उहाँले पत्रकारिता नगर्ने तर सदस्य रहिरहने गर्दा निष्ठावान पत्रकारलाई अन्याय भएको बताउदै सुद्विकरणको बिषय चौतारीले उठाएको धारणा राख्नुभयो । प्रेस चौतारी नेपाल पाल्पाले आयोजना गरेको पुरस्कार वितरण तथा संस्थापक सम्मान कार्यक्रममा अध्यक्ष बस्नेतले सुद्विकरणमा खुट्टा नकमाउन महासंघ नेत्रित्वलाई अनुरोध गर्नुभयो । ‘खुट्टा नकमाउनु होला, तर पनपक्ष गरियो भने चौतारीले सहेर बस्दैन’ बस्नेतले भन्नुभयो, ‘पत्रकारिता नगर्नेहरुले महासंघलाई ओगट्ने सपना नदेख्दा हुन्छ ।’
समारोहमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्यले चौतारीका सदस्यलाई सुद्विकरणका नाममा महासंघबाट हटाएर नेत्रितव गर्ने सपना कसैले नदेखे हुने चेतावनी दिनुभयो । उहाँले मापदण्ड अनुसारको सुद्विकरण मात्रै प्रेस चौतारीका लागि स्विकार्य हुने बताउनुभयो ।
कार्यक्रममा संस्थामा आवद्ध रहेका ८ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुका साथै संस्थापकहरुलाई सम्मान गरिएको छ । भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टमा कार्यरत कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार वौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरकी बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवासलाई पुरस्किृत गरिएको छ । पुरस्कारको राशी जनही नगद ५ हजार र सम्मानपत्र थियो ।
यस्तैगरी शाखाले प्रेस चौतारी पाल्पा शाखाका संस्थापकहरु लाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सेना, श्रीधर नेपाल, कृष्ण घिमिरे र गिता ज्ञवाली लाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । प्रेस चौतारी नेपालको पाल्पा शाखा केशवराज नेपालको नेतृत्वमा २०५७ सालमा स्थापना भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेस चौतारीका लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सीना, प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवाल भण्डारी, नेपाली काग्रेसका कार्यवाहक सभापती झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपाको तर्फबाट माया बज्राचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघका अध्यक्ष रेखिराम राना, अक्षयकोष दाता डा. रामबहादुर राउत, पाल्पा अस्पताल विकास समितीका अध्यक्ष गुराश आत्रेय, चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेश चौतारी तानसेन नगर कमिटीकी अध्यक्ष गुणवती केसी, पाल्पा उद्योग वाणिज्य संघका सचिव बिदुर घिमिरे, प्रेस युनियन पाल्पाकी सभापति मन गैरे र पुरस्कृत बन्धना पोखरेल लगायतले मन्तब्य राख्नुभयो ।
पुरस्कार वितरण तथा संस्थागत सम्मान कार्यक्रम शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मिलन विकको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।
-नारायण न्यौपाने





