चिनी उद्योग तथा उखु किसानका समस्या समाधान गर्न उपसमिति गठन

उखुकिसानका समस्या समाधानका लागि चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार आज बसेको बैठकले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताउनु भयो।

उहाँले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका बताउनु भयो । उहाँले समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको बताउनु भयो । उहाँले समितिले उद्योगी व्यवसायीहरुसहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यदेश दिएको पनि बताउनु भयो।

बैठकमा समिति सदस्य कृष्णकुमार श्रेष्ठले उखुकिसानहरुलाई धेरै समस्या रहेको बताउनु भयो। उहाँले उखुकिसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?