काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरूद्व उच्च अदालत पाटनमा दायर रिटमाथि आज सुनवाइ हुँदैछ । सिनेमा हल सञ्चालकहरूले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौं महानगरमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । मेयर बालेनले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर हस्तक्षेप गरेको हल सञ्चालकहरूले आरोप लगाएका छन् ।





