मोदीले नाै वर्षमा पहिलो पल्ट पत्रकार सम्मेलनमा कुरा गर्दै, पत्रकारले दुई वटा प्रश्न सोध्न पाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्षको अवधिमा पहिलो पल्ट पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्नु हुने भएको छ ।

अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने रोयटर्सले जनाएको छ । ह्वाइट हाउसमा आज शुक्रवार हुने पत्रकार सम्मेलनमा मोदीलाई एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय भएको सीएनएनले जनाएको छ । केही अन्तर्वार्ताबाहेक मोदीले सञ्चारमाध्ययमसँग प्रत्यक्ष संवाद गर्नुभएको छैन ।

दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा मोदी आफैँले एउटा पनि पत्रकार सम्मेलन आयोजना नगर्नुभएको र सन् २०१९ मा एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न नदिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

अमेरिका भ्रमणमा पनि भारतीय पक्षले संयुक्त वक्तव्य जारीमात्र गर्न दबाब दिए पनि अमेरिकी पक्षले पत्रकार सम्मेलनमा सम्बोधन र दुई वटा प्रश्नको जवाफका लागि सहमत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?