बर्दियामा ‘स्यानिटाइजर’ जस्तो अखाद्य पदार्थ खाएका २ जनाको ज्यान गयो, २ जना बिरामी

बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।

मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ खाएका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ बिरामी हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।

ज्यान गुमाउने र बिरामीले हिजो बेलुका अखाद्य पदार्थ खाएको र थप के खाएका थिए भन्ने विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?