धनकुटाको साँगुरीगढी(९ दिलुङटारमा शुक्रबार अपराह्न तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका(११ लक्ष्मीमार्ग निवासी २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेको प्रहरीले जनाएको छ । मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा दिउँसो करिब साढे ३ बजे उनी चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । उनी गत मंगलबार ६ जना साथीहरुसँग मात्र प्रयोगात्मक अभ्यासका लागि धनकुटा पुगेका थिए । खत्री काठमाडौंको थापाथली क्याम्पसमा अध्ययनरत छात्र हुन् ।नदी किनारमा ढुंगामाथि चढेर नापजाँचको क्रममा खत्री चिप्लिँदा बगाएको प्रत्यक्षदर्शी सुप्रिया जोशीले प्रहरीलाई जानकारी गराएकी छिन् । जोशीसहितको समूह प्रयोगात्मक अभ्यासका लागि पुल निर्माणस्थलमा थिए ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजतलास गर्दा पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।





