जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए

कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् । उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको हाे ।

जोर्डन जान लागेकामा एक जना पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई हिजाे अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ।’ उहाँका अनुसार  आधिकारिकरूपमा उनीहरुकाे श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?