दाङकाे तुलसीपुरमा पहिरोले पुरिँदा एक जनाको ज्यान गयाे

दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शनिवार हिजाे बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएकाे पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।

पहिरोमा परि उहाँको घटनास्थलै ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?