बिपन्न परिवारलाई नवलपरासी सेवा समाजको आर्थिक सहयोग

गरिव तथा असाहयहरुलाई सहयोग गर्दै आइरहेको नवलपरासी सेवा समाज युएईले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । शनिवार समाजले स्वर्गिय छिरिङ लेप्चाको परिवारलाई ३१ हजार रुपैँया सहयोग गरेको समाजका अध्यक्ष भुपराज डुम्रेले बताए । रामग्राम १८ धरमपुर स्थित स्वर्गिय छिरिङकी श्रीमतीलाई नगद रकम प्रदान गरिएको हो ।


लामो समयदेखी क्यान्सर रोगबाट ग्रसित छिरिङकी आमा, श्रीमती र १ छोरी छन । छोरीको पठन पाठनका लागि सहयोग होस भन्नका लागि आर्थिक सहायता गरिएको समाजका सल्लाहकार सन्दिप शर्माले बताए । ‘उपचार खर्च बापतनै रकम सहयोग गर्न खोजिएको थियो तर दुखद घटना भयो’, सल्लाहाकार शर्माले भने, ‘आगामी दिनमा पनि हामिले सहयोगका लागि के गर्न सकिन्छ सल्लाह गर्नेछौँ ।’ उनले अन्य संघ संस्था तथा ब्यक्तिहरुलाई समेत सहयोग गरिदिनका लागि अनुरोध गरेका छन ।
कार्यक्रममा समाजका संस्थापक सल्लाहाकार हरि न्यौपाने , सन्दिप शर्मा, कृष्ण बास्तोला ,सदस्यहरु कृष्ण बस्याल, शिव तिवारि, हेमन्त सापकोटा, गँगा बस्याल लगायत स्थानिय नरेन्द्र ढकाल वडा अध्यक्ष गोपाल दिसुवा मगर, धरमपुर सहयोग समाजका प्रेमा जिसिको समेत उपस्थिती रहेको थियो ।

युएईबाट घर बिदाको सिलसिलामा नेपाल आउँदा समाजका अध्यक्ष भुपराज डुम्रे सहितको समुह सहयोग प्रदान गर्ने, समाज बिस्तार गर्ने, सभा, समारोह वा समवेदना जस्ता कार्यक्रममा सहभागी हुने गरिरहेको छ । घर बिदामा रहँदा परिवार संग भन्दा पिडितहरुसंग समय बिताएको नवलपरासी सेवा समाजले वास्तवमै समाजमा सत्कर्मको सन्देस दिएको छ ।

समाजले गरिव तथा असाहयको सहयोगार्थ गत जनवरी २८ तारिकमा दुवैमा सांस्कृतीक कार्यक्रम समेत गरेको थियो ।

यसैबिच बाबा बर्दगोरीया आधारभुत बिद्यालयमा समेत सहयोग गरिएको छ र कार्यक्रममा नेपाली काङग्रेस नवलपरासीका सभापती दिपक भुषालको समेत सहभागीता रहेको थियो ।
नारन न्यौपाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?