प्रतिस्ठान अध्यक्ष रिता थापा र कलाकार स्याम रानालाई युएईमा सम्मान

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल अध्यक्ष रिता थापा मगर र गायक स्याम रानालाई युएईमा सम्मान गरिएको छ । शाखा युएइले उनिहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

लोक तथा दोहोरी गीतमा थापा र रानाले अतुलनिय योगदान दिएको भन्दै सम्मान गरिएको शाखा अध्यक्ष नरेन सापकोटाले बताए । फरक प्रसङगमा शाखा अध्यक्ष सापकोटाले नयाँ कलाकारहरुले सिक्न सक्ने गीत सिर्जना गर्न पुराना कलाकारहरुलाई सुझाव दिएका छन । तीजमा रत्याउली गाएर संस्कृती बिगार्न खोजीएकोमा उनले चिन्ता ब्यक्त गरेका छन । त्यस्ले संस्कृती मास्ने उनको चेतावनी छ ।

कलाकार सम्मान कार्यक्रमको संचालन सचिव कमल जङ कार्कीले गरेका थिए । कार्यक्रममा अध्यक्ष नरेन सापकोटा, युएइका सस्थापक अध्यक्ष गोपिकिष्न पंगेनि, उपाध्यक्ष ओम कुमारि खाँण, सचिब कमल जङ कार्कि, साँस्कृतिक बिभाग हरि डाँगि, सदस्य माया सेडाँइ केसि,अनिता अधिकारि लगाएत  सहभागी थिए ।

-अतित भुषाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?