नेपाल टेलिकमले टिकटक प्रयोगकर्तालाई लक्षित गरी विशेष अफर ल्याएको छ । मङ्गलबार २१ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले यो अफर सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ४८ रुपैयाँमा २० जीबी डेटा उपलब्ध हुनेछ, जुन ५ एमबीपीएसको गतिमा प्रयोग गर्न सकिन्छ । २० जीबी डेटा सकिएपछि बाँकी समय १ एमबीपीएसको गतिमा टिकटक चलाउन सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, टेलिकमले टिकटककै लागि १७० रुपैयाँको अर्को अफर पनि ल्याएको छ । यस योजनामा प्रयोगकर्ताले सात दिनसम्म हरेक दिन २० जीबी डेटा पाउनेछन् । यदि दैनिक २० जीबी डेटा सकिएमा, त्यसपछि २ एमबीपीएसको गतिमा टिकटक चलाउन सकिनेछ ।