अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्।
आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।
यसरी बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेका छन्। अमेरिकामा झन्डै २३ लाख संघीय कर्मचारी रहेका छन्।





