जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सात जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, ८ र तिलोत्तमा नगरपालिका–१५ मा लागूऔषध कारोबार हुँदै गरेको सूचनाका आधारमा २० किलो चरेस र २१ किलो गाँजासहित कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।





