२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?