सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोध को भावना नराख्न आग्रह गरेका छन् । कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन ।’ ओलीले विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन आग्रह गरे ।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरेका छन् । समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?