गण्डकी प्रदेशका केही ठाउँमा सामान्य वर्षा

आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य वर्षा भएको छ ।  स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर पानी परेको छ ।  यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् का अनुसार भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?