स्याङ्जामा जीप दुर्घटना हुँदा चालकको ज्यान गयो

स्याङ्जामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ११ खरिपानीमा रहेको सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ का चालक २६ वर्षीय मित्रलाल अर्यालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सहचालक पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय राधेश्याम बस्यालको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?