तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो । त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ थियो ।





