बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक स्कुटर चालक गुल्मी स्थायी घर भई बुटवलमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?