आज फागु पूर्णिमा ; पहाडी तथा हिमाली क्षेत्रमा मनाइँदै

पहाडी तथा हिमाली भूभागमा आज फागु पूर्णिमा हर्षोल्लासका साथ रंगहरूको पर्व होली मनाइँदै छ । तराई मधेशका जिल्लाहरुमा भोलि शुक्रबार अर्थात् पूर्णिमाको भोलिपल्ट मात्रै होली मनाइन्छ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको हो ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीका साथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाउने गरिन्छ ।

होली पर्वको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?