राष्ट्रिय परीक्षा बोर्ड ले २०८१ को माध्यामिक शिक्षा (एसईई) परीक्षा को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षा का लागि सबै आवश्यक सामग्री केन्द्रमा पठाइसकिएको जानकारी दिएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, “हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण पनि भएको छ।”
पछिल्लो तथ्यांक अनुसार, परीक्षामा सहभागिता जनाउने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० रहेको छ। यस वर्ष परीक्षामा ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए। परीक्षा नियन्त्रक पौडेलले थपे, “२ हजार ७९ परीक्षा केन्द्र तोकिएका छन् र सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छन्।”





