लागूऔषध सहित एक व्यक्ति पक्राउ

रुपन्देहीको सैनामैना वडा नं. ४ मा लागू औषध ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयले जिल्ला रुपन्देही सैनामैना –०४ निवासी बर्ष २१ का राम मल्लाहलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने पक्राउ परेका युवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ ।

उनीमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?